Logo

चीनमा प्रचण्ड भावुक


चीन । चीनको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड आइतबार साँझ येनानमा माओत्सेतुङका ऐतिहासिक स्थलहरुको अवलोकनपछि भावुक बने ।

नेकपाका अध्यक्ष प्रचण्डले आइतवार साँझ चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङगसँग भने( ‘धेरैपटक चीनको भ्रमण गरे पनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ ।’

येनानमा बसेर माओले विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै नेकपा अध्यक्ष प्रचण्डले आफूहरु यसै विचारको अध्ययनबाट प्रेरित भएको बताए ।
प्रचण्डले भने( यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो भएको छ ।’

येनान नगरका सेक्रेटरी सु सिन रोङले सान्सी प्रान्त र येनान नगरको बारेमा प्रचण्डलाई संक्षिप्त व्याख्या गरेका थिए । उनले अरु प्रान्तमा जस्तै यहाँ पनि विकासको तीब्रता रहेको बताएका थिए ।
भेटका क्रममा प्रचण्डले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गरे ।

छलफलका क्रममा प्रचण्डले चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरिकै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाली जनतामा स्थापित भएको बताए । रातोपाटी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्