असोज ५ देखि दसैंका लागि बुकिङ खुला
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको छ। आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको हो। यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो।
विभागसँगको सहमति अनुसार राजधानीबाट बाहिर जाने देशभरका यातायातका लागि असोज ५ गतेबाट टिकट बुकिङ गर्न पाइने छ।