‛बोगटी‛ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुने थिए : प्रचण्ड
नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उनी जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुने बताएका छन् । भने, “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।”
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमतिसमेत गराएको अध्यक्ष प्रचण्डले स्मरण गरे । “त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ” उनले भने, “उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले उहाँले सहमति गराउनुभएको थियो ।”
अध्यक्ष प्रचण्डले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण गरे ।
उनले आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको बताए ।
जनयुद्ध ताकादेखि शान्ति प्रक्रियामा बोगटीले खेलेको भूमिका स्मरणयोग्य भएको उनले उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले नयाँ युगमा आफूहरु प्रवेश गरेको भन्दै त्यो युगलाई सार्थक परिमाणमा पु¥याउन बोगटीमा भएको गुणलाई सिक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टीभित्र निष्ठावान् नेता भएकाले उनले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए । रासस