ट्रायल पास गराउन रकम माग्ने ३ पक्राउ
भक्तपुर । सवारी चालक अनुमति पत्र ट्रायल पास का लागि रकम मागेको आरोपमा ३ जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित इगो सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग उनीहरूले पास गराउनेभन्दै रकम माग गरेको हुन् ।
पक्राउ पर्नेहरुमा
काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा
भक्तपुर भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया
काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन् ।
उनीहरूलार्इ विशेष सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।