Logo

सीमा क्षेत्रका पेट्रोल पम्पमा अनुगमन


रुपन्देही । यहाँको सीमावर्ती क्षेत्रमा रहेका पेट्रोल पम्पमाहरुमा अनुगमन गरिएको छ । पेट्रोलियम पर्दाथ अपचलन भएको गुनासोका आधारमा अनुगमन गरिएको हो ।

सीमा क्षेत्रमा डिजल र पेट्रोल अभाव भएसँगै अनुगमन टोलीले छड्के अनुगमन गरेको थियो । जिल्लाको ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका हुलाकी राजमार्गका तीन पेट्रोल पम्पमा छड्के अनुगमन गरेको हो ।

अनुगमनमा पेट्रोलियम पर्दाथ अपचलन भएपछि सुरज आयल डिष्ट्रिव्युटर्स, जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिल गरिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्