Logo

निर्मला हत्या प्रकरण : कालो कपडा लगाएर तिज


बुधबार देशभर तीजको रमझम थियो, महिलाको विषेश पर्वको रूपमा तीज मनाउन सरकारले महिलाका लागि सरकारी तथा गैरसरकारी संस्थाले सार्वजनिक विदा नै दिएको छ ।

७७ वटै जिल्लाका महिलाले रंगीविरंगी कपडा लगाएर धुमधामसँग तीज मनाए, तर कञ्चनपुरको महेन्द्रनगरका महिलाले निर्मला पन्तको न्यायका लागि भन्दै ‘कालो कपडा’ लगाएर तीज मनाए ।

महिला नेतृ हेलन श्रेष्ठ नेतृत्वको दबाबमुलक संघर्ष समितिले कालो कपडा लगाएर ‘ब्लाक तीज’ मनाएको हो । निर्मलाको बलात्कारपछि भएको हत्याका बास्तविक दोषीलाई कारबाहीको माग राख्दै कालोसारी, कालो कपडा लगाएर महिलाले महेन्द्रनगरमा प्रर्दशनसमेत गरे ।

गल्ली नम्बर १ देखि सुरु भएको र्याली मदनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले न्यायका लागि कालोसारीमा उत्रेर तीज मनाएको बताइन् । ‘आगामी दिनमा हाम्रा चेलिबेटीहरु निर्मला जस्तै पीडित नबनुन्, स्वतन्त्र रूपमा हिँडडुल गर्न सकुन् भनेर बिरोध स्वरूप तीज मनायौँ,’ उनले भनिन् ।
यसैबीच मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले न्यायका लागि भन्दै निर्मलाका आमाबाबु यज्ञराज र दुर्गादेविसहितका अधिकारकर्मी राजधानी गएका छन् । बुधबार काठमाडौँ पुगेको अधिकारकर्मी सहितको टोलीले घाइते अर्जुन भण्डारा र उमेश देउवालाई भेटेका छन् ।

नयाँ शक्तिकी नेतृ एव अधिकारकर्मी माया नेगीले न्यायका लागि राजधानी आएको बताइन् । उनका अनुसार बिहीबारदेखि मृतक बालिका अभिभावकसहित अधिकारकर्मीको टोलीले गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर ज्ञापन पत्र बुझाउनेछ ।
निर्मलाको न्यायका लागि मानव अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोगलगायत अधिकारकर्मीसँग न्यायका लागि अपिल गरिने छ, यो खबर नयाँ पत्रिकाले खबर लेखेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्