काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव मन्त्रालयमै निर्घात कुटिएका छन् । सिंहदरवारस्थित मन्त्री यादवकै कार्यकक्षमा स्वकीय सचिव सन्तोष विष्टलाई जनयुद्धका घाइतेहरुले कुटपिट गरेका हुन् ।
जनयुद्धका घाइतेहरुलाई मन्त्री यादवलाई भेट्न समय नमिईदिएकोमा विवाद उत्पन्न भएको बताइएको छ । विवाद बढ्दै जाँदा जनयुद्धका घाइतेहरुले मन्त्रीको कार्यकक्ष बाहिर विष्टलाई कुटपिट गरेका थिए ।
बल्लबल्ल गेटपास पाएर मन्त्रालय पुगेका पाँचजना जनयुद्ध लडेका कार्यकर्तालाई मन्त्रीसँग भेटाउनको साटो उल्टै विष्टले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको बताइएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
