Logo

सन्दिप अब अफगानिस्तान प्रिमियर लिगमा


काठमाडौं । नेपालका लेग स्पिनर सन्दिप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एफपीए)मा खेल्ने भएका छन् । दुबईमा सोमबार भएको अक्सनमा सन्दिप लामिछानेलाई नान्गहर क्लबले लिएको छ ।

एशोसियट राष्ट्र अन्तर्गत शन्दिप अनुबन्धित भएका हुन् । इन्डियन प्रिमियर लिग खेलेर अन्तराष्ट्रिय उडान सुरु गरेका सन्दिप क्यारेबियन लिगमा समेत छाएका थिए ।
अब सन्दिपको गन्तव्य अफगानि प्रिमियर लिग बनेको छ ।

ड्राफ्टमा रहेका नेपालका कप्तान पारश खड्का र सोमपाल कामी भने अक्सनमा लिलामी हुन सकेनन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० बढी विदेशी खेलाडीले भाग लिएका थिए ।

अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियाे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्