धनबहादुर सांसदबाट राजीनामा दिन खोज्ने, बामदेव लिन खोज्ने : यो कस्तो खेल ?
नेपाली राजनीतिका खेलाडी धेरै छन् । तिनैमध्ये गन्तीमै पर्ने खेलाडी हुन् बामदेम गौतम । तर गएको निर्वाचनमा उनले खेल विगारे । खेल स्वत : अरुले जिते । खेल हारेको दुनियाँले पत्तो पाए । जित्नेले पाएको पुरस्कार पनि सवैले देखे । आखिर वामदेवले चुनावमात्र हारेनन् । उनका अनेक सपना ध्वस्त भए कि भन्ने सवैको आँकलन छ । तैपनि सपना पूरा गर्न उनी मर्नपनि पछि परेका छैनन् । हो, उनले अरुको जितलाई फच्चे गराएर आफु फुच्चे नहुने काइदा रचिरहेछन् । त्यो हो डोल्पाका निर्वाचित सांसद धनवहादुर बुढालाई राजीनामा गराएर आफु उपनिर्वाचनमार्फत सांसद बन्ने । तर पर्यटनमन्त्रीसमेत रहेका बुढाले राजीनामा अहिल्यै दिन नसक्ने भनेपछि बामदेव हच्किएका छन् ।
बुढा बामदेवको पक्षमा माहौल बनाउन ७ दिनका लागि जिल्ला पनि गएका । तर, उनी मतदाताले नमानेको खबर लिएर काठमाण्डौ फर्किए । त्यो सँगै उनले एक उपाय फुराए । त्यो हो, फागुन–चैतमा राजीनामा दिने । किनकि त्यतिबेला कमिटीसँगै जनवर्गीय संगठनको एकता भइसक्ने र निर्वाचन जित्न सहज हुने हुन्छ । धनबहादुर सांसदबाट राजीनामा दिन खोज्ने, बामदेव लिन खोज्ने यो कस्तो खेल हो ?
राजीनामा दिन बुढाले के–के गरे :
- सांसद बुढाले डोल्पामा त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका क्षेत्रका कार्यकर्तासँग धेरै छलफल गरे ।
- माथिल्लो डोल्पाका आफ्ना पार्टीनिकट जनप्रतिनिधिलाई दुनैमा बोलाएर छलफल गरे ।
- दुई नगरपालिकाका धेरै मतदाता भएको क्षेत्रमै पुगेर अन्तत्र्रिया गरे ।
- दुवै नगरपालिका प्रमुख तत्कालीन एमालेबाट विजयी भएकाले बुढाले माहोल बनाउन बल गरेका थिए ।
दबावहरु :
- मतदाताले उनलाई राजीनामा नदिन दबाब दिए ।
- काठमाडौंमा रहेका डोल्पाली युवाले पत्रकार सम्मेलन नै गरेर राजीनामा दिए मत बहिष्कार गर्नेसम्मको धम्की दिए ।