Logo

निशान डोरी चुँडिएर बाँचे, आमाछोरा बिते


विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा आमाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् ।
एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् ।

  • जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।
  • कविता र ५ वर्षीय अमनको मृत्यु भएको छ । डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
  • कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । श्रीमान वितेपछि कविताले दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी थिइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्