Logo

राष्ट्रपति भण्डारीद्वारा उत्कृष्ट उपाधि हाँसिल गरेका विद्यार्थी विभूषित


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शैक्षिक तहमा उत्कृष्ट उपाधि हाँसिल गरेका विद्यार्थीहरुलाई विभूषित गरेकी छिन् ।

३९ औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हाँसिल गरेका ३८६ जनालाई विभिन्न आभूषण प्रदान गरिन् ।

कार्यक्रममा ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक २३३ जनालाई, ‘ख’ श्रेणीको ११८ जनालाई र ‘ग’ श्रेणीको १७ जनालाई प्रदान गरिएको छ ।

त्यसै गरी स्वेदेशी विश्व विद्यालय, प्रतिष्ठान तथा परिषदबाट स्नातक तहतर्फ उत्कृष्ट १७ जना र प्रमाणपत्र तहको उत्कृष्ट १ छात्रालाई नेपाल छात्रा पदक प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्