Logo

बालुवाटारमा ओली बन्धुहरुको जमघट : कोमल ओलीले गीत गाउने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स–परिवारलाई शनिवार अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधामन्त्रीका पिता मोहनप्रसाद ओलीलाई ओली वंश अक्षय कोषले सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गर्न लागेको हो ।

प्रधानमन्त्री ओलीको परिवारसहित राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, न्यायाधीस राम ओली, सांसद कोमल ओली र कमला ओलीलाई पनि अभिनन्दन गर्न लागिएको ओली वंश अक्षय कोषका अध्यक्ष केशवमणि ओलीले जानकारी दिए ।

 

कोमल ओलीले गीत गाउने  

ओली वंश अक्षय कोषले बालुवाटारमा प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गर्ने भएको छ । मनोरञ्जनात्मक कार्यक्रममा सांसद कोमल ओली, किशोर संगम, नारायण ओलीले गीत प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष केशवमणी ओलीले जानकारी दिए । कार्यक्रममा लय संग्रौला, ज्ञानु राणा लगायतका अन्य नव कलाकारहरु पनि सहभागी हुने आयोजकको भनाई छ ।

कहीँ नभएको जात्रा हाँडिगाउँमा : काँग्रेस नेता मिनेन्द्र रिजाल

जुनसुकै दलको सरकार आएपनि प्रधानमन्त्रीको सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाइएको आरोप लाग्दै आएको छ । प्रधानमन्त्रीको सरकारी निवास र सरकारी कामकाजको थलोको रुपमा समेत रहेको बालुवाटारमा देशका लागि महत्व बोकेको कार्यक्रमभन्दा पनि व्यक्तिगत र राजनीतिक दलसम्बन्धी बैठक र कार्यक्रमले भरिने गरेको छ । यसअघिको नेपाली काँग्रेसको सरकार होस वा तत्कालीन माओवादी केन्द्रको सरकार होस् वा अहिलेको नेकपाको सरकार होस्, बालुवाटरलाई सरकारी कामकाजको थलोभन्दा पनि दल वा अन्य झिनामसिना कार्यक्रम गर्ने थलो बनाइएको आरोप पनि लाग्दै आएको छ ।

प्रधानमन्त्री ओली आफै सुशासनको कुरा गरेर थाक्दैनन् । तर, तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बालुवाटरमा दिइएको भव्य भोजको खुलेर आलोचना भएको थियो । त्यसयता पार्टीका नियमित बैठकहरु बालुवाटारमा नै बस्ने गरेका छन् ।

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको सरकारी निवासमा दलको कार्यक्रम हुनुलाई अन्यथा मान्न नहुने बताए । उनले प्रधानमन्त्री पार्टी अध्यक्ष पनि हुने, संसदीय दलको नेता पनि हुने भएकाले प्रधानमन्त्री निवासमा राजनीतिक कार्यक्रम गरेकोमा आफ्नो असन्तुष्टि नरहेको बताए । उनले भने– ‘कहिले केन्द्रीय समितिको बैठक, कहिले संसदीय दलको बैठक गर्नुपर्ने हुँदा प्रधानमन्त्रीले घरी प्रधानमन्त्री कार्यालय, घरी पार्टी कार्यालय जान गाह्रो हुन सक्छ । यो विषयमा मेरो अब्जेक्सन छैन । तर हरेक कुराको सीमा हुन्छ नी । गर्दै जाँदा जे पनि गर्ने चाही चित्त बुझेको छैन । यो विषय कहिँ नभएको जात्रा हाँडी गाँउमा भनेजस्तो हो ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्