Logo

प्रदेश १ को नामाकरण ‛किरात–लिम्बुवान–कोचिला’ हुनुपर्दछ – गोपाल किराती


 

नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले प्रदेश नं १  को नामाकरण ‛किरात–लिम्बुवान–कोचिला’ गर्दा सबैलाई उपयुक्त हुने बताएका छन् । ‛किरात’ नामाकरण गर्नुपर्ने मुद्धा बलियो गरी उठिरहेका बेला किरातीले सो कुरा आफ्नो फेसबुक स्टाटसमा राखेका हुन् ।

बिगतमा आफ्नो पार्टीले पूर्वमा किरात, लिम्बुवान र कोचिला राज्यको अभ्यास गरेको भन्दै किरातीले लिम्बुवान र कोचिलावासी पहिचान गुमेर रोइरहेका बेला हाँसेर बस्न नसकिने स्पष्ट पारेका छन् । उनले नाम लामो भएर केही नबिग्रने बरु सम्बोधन भएन भने त्यसको परिणाम के हुन्छ बेलैमा ख्याल गर्नपनि सुझाएका छन् ।

किरातीले भनेका छन्–‛ लिम्बुवान र कोचिलावासी नागरिक पहिचान गुमेर रोइरहेका बेला कुनै माओवादी हाँसेर बस्न सक्दैन । नाम लामो भएर केही बिग्रने होइन, सम्बोधन भएन भने त्यसको परिणाम बेलैमा ख्याल गरियोस् । ’

गोपाल किरातीको स्टाटस : 

‛पूर्वको प्रश्नमा साथीहरुको अनुरोधलाई सम्बोधन गर्नु पर्दा हामी माओवादी हौँ र हिजो हाम्रो पार्टीले पूर्वमा किरात,लिम्बुवान र कोचिला राज्यको अभ्यास गरेको हो । तब प्रदेश १ को नामाकरण ‘किरात–लिम्बुवान–कोचिला’ हुनु पर्दछ । किनकी लिम्बुवान र कोचिलावासी नागरिक पहिचान गुमेर रोहिरहेको बेला कुनै माओवादी हाँसेर बस्न सक्दैन । नाम लामो भएर बिग्रने होइन ,सम्बोधन भएन भने त्यसको परिणाम बेलैमा ख्याल गरियोस्।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्