विराटनगरमा बम बिष्फोट : तीन जना पक्राउ
काठमाडौं– बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।
गत साउन २७ गते दिउँसो बिराटनगर महानगरपालिका– ७ स्थित महानगरका मेयरको कार्यकक्षबाहिर राखिएको सोफा मुनी अज्ञात समूहले राखेको बम विष्फोट भएको थियो ।
मेयरको कार्यकक्ष बाहिर प्यासेजमा बम विष्फोट गराउने कार्यमा संलग्न सिराहाका अभिमनु गिरी, मोरङका मनोज कुमार सिंह र सिराहाका राम रिझन यादवलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्त्रिकारी० समुहमा आवद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेकाहरुले भुमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्त्रिकारी० को योजना अनुसार विष्फोट गराएको प्रारम्भिक बयान दिएका छन् ।