Logo

सवै पक्षलाई वार्ताद्धारा राजनीतिको मुलप्रवाहमा ल्याउन गृहमन्त्रीको निर्देशन


 

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताएका छन् । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई निर्देशन दिएका छन् ।

गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका विभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्व सभासद सुरेश आलेमगर, लिला भण्डारी, ताराकान्त चौधरी लगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग सम्वादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गरे ।

गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकोले मन्त्रालयको तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने गृहमन्त्रीले बताए । वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासको बारेमा बैठकमा जानकारी गराएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्