‛सरकार म्याराथनको गतिमा दौडिरहेछ’– योगश भट्टराई
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सरकार म्याराथनको गतिमा दौडिरहेको बताएका छन् । ताप्लेजुङमा आज आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कहाँ पुग्न कति समय लाग्छ भन्ने योजना सहित सरकार दौडिएरहेको बताएका हुन् ।
सरकारका बारेमा धेरै सार्वजनिक प्रश्न उठेका र यस्ता टिप्पणीले सरकारलाई झक्झक्याउँँने उनको भनाइ छ । भट्टराईले भने, ‘छ महिनामा धेरै चमत्कार भएका छैनन्, हामी म्याराथन धावक हौँ, आफ्नो लयमा दौडिएका छौँ ।’
पाँच वर्षको समयलाई हेरेर काम गरेको दाबी गर्दै सय मिटर दौडनु जस्तो हतारमा नदौडेकोे बताए । भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गर्दै उत्तर र दक्षीणका छिमेकीसँगको सम्बन्ध सुधारेको दाबी गरे ।