धर्मशालामा उभिएर मोदीले भने-‘पवित्र भूमी लुम्बिनीले गौतम बुद्ध दिए’
भारतले गौतम बुद्ध भारतमै जन्मेका हुन् भनेर धेरै पटक भनेको हामीले सुनेका छौ । त्यसको विरोधमा नेपालमा हस्ताक्षर अभियान गरिएका छन् । अनेक रुपमा विरोध प्रदशनहरु भएका छन् । तर, आज प्रधानमन्त्री मोदी आफैले पवित्र भूमी लम्बिनीले गौतम बद्ध दिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा पशुपति धर्मशाला उदघाटन् कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हन । बिमस्टेकको अवसर पारेर नेपाल–भारत सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गरिएको हो ।
नेपाली भाषामा सम्बोधन सुरु गरेका उनले सम्बोधनमा बोल्दै पशुपति नाथले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाएको बताए । सम्बोधनमा प्रधानमन्त्री मोदीले नेपालको पवित्र भूमि लुम्बिनीले गौतम बुद्ध दिएको र भारतको भूमिले बुद्धलाई ज्ञान दिएको बताए । नेपालको पर्यटन विकासमा पशुपति मन्दिरले ठुलो सहयोग पुर्याएको बताए ।काठमाण्डौ ।