काठमाडौं । काठमाण्डौमा हिजोदेखि सुरु भएको बिमस्टेक सम्मेलन आज सम्पन्न भएको छ । १८ बुँदे घोषणा पत्र जारी गर्दै चौथो विमस्टेक सम्मेलन सम्पन्न भएको हो । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
यसक्रममा ग्रिड इन्टरकनेक्सनका विषयमा बिमस्टेक राष्ट्रहरुबीच एमओयुमा समेत समझदारी भएको छ । यसमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरे ।
आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
