बिमस्टेक मन्त्रीस्तरीय बैठक हुँदै
अहिले बिमस्टेक मन्त्रीस्तरीय बैठक भइरहेको छ । बैठकमा सम्मेलनको तयारी तथा सम्मेलनको प्रतिवेदनबारे विशेष प्रतिवेदन पेश हुनेछ । । बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी चौथौ शिखर सम्मेलनबारे पनि यो बैठकले तय गर्नेछ ।
सँगै काठमाण्डौ घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गर्ने निर्णय पनि आजैको बैठकले गर्नेछ ।
बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाहृय मामिला राज्यमन्त्री भी के सिंहले गर्नेछन् ।
यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ ।
बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नेछन् । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।