निर्धक्क भएर हलोमा भोट हाल्न एमाले कारेकर्तालाई ओलिको निर्देशन
मुन्धुमस्टार
मुन्धुमस्टार डटकम- एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए।
अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।
उनले नेकपा (एमाले) एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउँदै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गरे।



