Logo

यो निर्वाचन पाण्डव र कौरवको महाभारत युद्ध जस्तै- प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई पाण्डव र कौरवको महाभारत युद्धसँग तुलना गरेका छन् ।

पश्चिम नवलपरासीमा आज मंगलबार सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनतालाई पाण्डवहरूको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रचण्डले भने ‘मंसिर ४ मा जनताले कौरव र पाण्डवमध्ये एक रोज्नुपर्ने अवस्था छ, जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ,’ ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको ५ पाण्डवका उम्मेदवारहरूलाई विजय गराउने छन् ।’

उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बिउ, डुबान तथा बेरोजगारी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्