मुन्धुमस्टार डटकम— एमाले संसदीय दलका नेता केपी ओलीले विगतमा आफूले गरेको प्रतिनिधिसभा विटघनको पुनः बचाउ गरेका छन ।
संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन । नयाँ अभिमतका लागि जनताबीच जानु प्रतिगमन होइन ।’
उनले सार्वभौम जनताबाट अभिमत लिनु प्रतिगमन नहुने दाबी गरे । ‘संसदभित्र सरकार बन्नु र ढल्नु प्रतिगमन होइन, बरु बाहिर अन्यत्रबाटै सरकार बन्यो भने त्यो प्रगिमन हो,’ उनले भने ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
