प्रतिनिधि सभाका दुई जना सदस्यको शपथ आज (मंगलबार) हुने भएको छ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमकुमार आले र नेपाली कांग्रेसकी सांसद माया राईले आज शपथ लिन लागेका हुन्।
उनीहरूको शपथ दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा हुनेछ।
उनीहरूलाई जेष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ खुवाउने छन्।
प्रतिनिधि सभाका अरू सांसदले पुस ७ गते शपथ लिएका थिए। नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्दैछ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
