नेकपा एकीकृत समाजवादी र जसपाबिच पार्टी एकताको लागि छलफल भईरहेको दाबि
मुन्धुमस्टार
मुन्धुमस्टार डटकम — नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टीसँग एकताको विषयमा कुराकानी भइरहेको जनाएको छ । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपसँग एकताको विषयमा कुराकानी भइरहेको बताए ।
उहाँले (मनिष सुमन) आश्चर्य नमान्नु भन्नु भनेको मानसिकता बनाउनु भन्नु भएको हो । हामी जनता समाजवादी पार्टीसँग एकताको विषयमा संवादमा रहेका छौं, खतिवडाले भने । तर प्रवक्ता खतिवडाले दुवै दलबीच एकताको विषयको छलफल कहाँ पुग्ने भन्ने विषयमा भने खुलाएनन ।
उपेन्द्र यादव नेतृत्वको जसपाको संसदमा १२ स्थान रहेको छ । ४ लाख २१ हजार मतका साथ राष्ट्रिय पार्टी बनेको छ । १० जना सांसद रहेको एकीकृत समाजवादीले भने ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेन ।



