स्थिर सरकारका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ- लिङदेन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन्। प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न सकिने उनले बताए ।
‘सरकार गठनका लागि कुनै दलको बहुमत छैन। हामीले सरकार गठनका लागि अगाडि सारेका पनि छैनौं। ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना छ’ उनले भने, ‘नभए गठबन्धनले नै सरकार बनाओस्। हामी प्रतिपक्षमा बस्न तयार छौं। तर, सरकार बन्न नसक्ने अवस्था आएमा राप्रपाको आवश्यकता परेमा हामी त्यसपछि छलफल अगाडि बढाउँछौं ।’
आफूहरु मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रष्ट पारेका छन्। उनले भने, ‘हामी सरकारमा जाँदा हिजोको अवस्थाभन्दा फरक पर्नुपर्छ। सुशासन र सेवा प्रवाहको हिसाबले आउने सरकारले फरक ढंगको क्रियाकलाप गर्नुपर्छ। त्यो शर्तमा मात्रै कुनै पक्षलाई समर्थन गर्न सक्छौं ।’



