नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन भएको छ ।

मंगलबार पार्टीको प्रदेश सम्पर्क कार्यालय बालकुमारीमा बसेको बैठकले प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

समितिको सदस्यमा प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिदेव घिमिरे, सदस्यहरू गंगा दाहाल र सानु श्रेष्ठ छन् ।