मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिन अगाडि नै सूचना दिन संसद् सचिवालयले अनुरोध गरेको छ ।
कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरि अनुवादको पत्र संसद् सचिवालयमा तीन दिनअघि नै उपलब्ध गराउनुपर्ने सचिनावायले निकालेको सूचनामा उल्लेख छ ।
यस्तै सचिवालयले शपथ लिन आउँदा राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन भनेको छ। प्रतिनिधि सभामा सांसदको शपथ आउँदो पुस ७ गते बिहीवार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक कक्षा बानेश्वरमा हुने छ। सचिवालयले सांसदलाई बिहान ११ बजे नै उपस्थित हुन भनेको छ ।
.jpg)
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
