निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतपरिणाम प्रतिवेदन बुझाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएका हुन्।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो।
आयोगले बुधबार समानुपातिकतर्फको सांसद निर्वाचित भएको घोषणा गरेको थियो।
बिहीबार नै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन प्रतिवेदन बुझाएको थियो।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
