हामीले जति इमान्दारिता कांग्रेसले देखाएन : अध्यक्ष प्रचण्ड
मुन्धुमस्टार
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुने दाबी गरेका छन् ।
गठबन्धन सरकारले नै निरन्तरता पाउने उनको भनाइ छ। बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए ।
माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि काँग्रेस पूर्णरूपमा इमान्दार नहुँदा कम सिट प्राप्त गरेको प्रचण्डको भनाइ छ ।
‘हामीले जति इमानदारिता देखायौँ, काँग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
उनले गण्डकी प्रदेशको माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको बताएका छन् ।



