सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले अग्रता कायमै राखेकी छन‍्।

५४ हजार २१३ मत गन्दासम्म उनले अग्रता कायम राखेकी हुन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले १० हजार २३६ मत पाएका छन्।

अशोककुमार राईभन्दा गोमा एक हजार ११ मतले अगाडि छिन्।

नेकपा माओवादीका उम्मेदवार मुक्‍सामहाङ्ग सुब्‍बाले भने ८ हजार ४५१ मत प्राप्त गरेका छन्।