यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।

पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा उक्लिएको छ । शनिबार दिउँसो १ः४५ बजेसम्मको मतपरिणामानुसार माओवादी केन्द्र आठ लाख १४ हजार ७७८ मतसहित तेस्रो स्थानमा उक्लिएको हो ।

नेकपा (एमाले) पहिलो स्थानमा कायमै छ । एमालेले १९ लाख १५ हजार ११० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ४४ हजार ९११ मत पाएको छ । एमाले र कांग्रेसको समानुपातिक मतान्तर ७० हजार १९९ छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९४ हजार ८७० मत प्राप्त गरेको छ । स्वतन्त्र पार्टी यसअघि तेस्रो स्थानमा थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार लाख नौ हजार ८१९, जनता समाजवादी पार्टी (जसपा)ले दुई लाख ३० हजार १२ मत ल्याएका छन् ।