सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका जगदिश कुसियतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कुसियले अग्रता लिइएका छन् ।

४५ हजार ५१५ मतगणना हुँदा एमालेका कुसियत १६ हजार ९१७ मतसहित अगाडि छन् । कुसियत कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीभन्दा १ हजार २४० मतान्तरले अगाडि छन् । कार्कीले १५ हजार ६७७ मत प्राप्त गर्दै कुसियतलाई पछ्याइरहेका छन् ।

कुनै वडा गणना हुँदा कार्कीले अग्रता लिन्छन् भने अर्को वडा गणना हुँदा एमालेका कुसियतले अग्रता लिइरहेका छन् । कुसियत र कार्कीबीच अघि पछि हुने क्रम चलिरहेको छ । दुईबीचको मतान्तर पनि निकै थोरै रहने गरेको छ ।

४५ हजार ५१५ मतगणना सकिँदा ३ हजार १७३ मत बदर भएको छ ।