सप्तरी, ७ मंसिर
सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके ( चन्द्रकान्त ) राउत फराकिलो मतले विजयी भएका छन् । उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएकाे थियो ।-न्युज कारखाना
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
