मुन्धुमस्टार डटकम- चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार प्राप्त अवसरहरू सबैसँग पुर्याउन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका हुन्।
पाँचौं चिनियाँ अन्तरराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रतपति सीले उक्त टिप्पणी गरेका हुन्।
हामी बलियो घरेलु बजारको विकास गर्ने, वस्तुको व्यापारलाई स्तरोन्नति गर्ने, सेवाको व्यापारका लागि नयाँ संयन्त्रको विकास गर्ने र गुणस्तरीय वस्तुहरू आयात गर्ने प्रयासलाई थप तीव्र पार्नेछौं, सीले भने।
सिल्क रोड ई-कमर्स सहकार्यका लागि पाइलट जोनहरू स्थापना गर्ने र सेवामा व्यापारको नवीन विकासका लागि राष्ट्रिय प्रदर्शन क्षेत्रहरू निर्माण गर्ने, व्यापारमा नवप्रवर्तनलाई प्रोत्साहित गर्न र उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई प्रवर्द्धन गर्न प्रयास गरिने पनि उनले बताएका छन्।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
