१.१५ अंकले बढ्यो नेप्से, ४ अर्ब ६७ करोडको सेयर खरिद–बिक्री
सोमबार नेप्से परिसूचक १.१५ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.०५ प्रतिशतले बढेर २१९६.२५ बिन्दुमा पुगेर बन्द भएको छ।
सोमबार कारोबारमा आएका २१७ वटा धितोपत्र तथा ऋणपत्रको एक करोड ५ लाख १८ हजार ७१२ कित्ता शेयरको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
सोमबार बुटवल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.९५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७१ रुपैयाँ कायम भएकाे छ।
दोस्रोमा सिटिजन्स म्युचुअल फण्डको इकाइ मूल्य ६.४५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ९० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा स्वाभिमान लघुवित्त र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.२१ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ४.७१ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः एक हजार ७६५ र ४८६ कायम भएको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ३८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६७ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर काराेबार हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ९१० रुपैयाँमा १६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच वटा समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.९९ प्रतिशतले बढेको हो।
त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको भने विकास बैंक र लघुवित्त समूहको परिसूचक १.४५ र १.१८ प्रतिशतले घटेको छ।



