सेयर बजार परिसूचक नेप्सेमा सोमबार भारी गिरावट आएको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से ७७.१ प्रतिशतले घटेर एक हजार ९१५.६१ को अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि १३.३ अंकले घटेको छ ।

आइतबार सार्वजनिक बिदाका कारण बन्द भएको नेप्सेमा गएको शुक्रबार पनि गिरावट आएको थियो ।

सोमबार २२७ कम्पनीका ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । आज दिनभर बजारमा दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भयो ।