सेयर बजारमा २०.३४ अंकले गिरावोट
बुधबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक २०.३४ अंकले घटेर २,६३०.३६ पुगेको हो।
दिनभरमा जम्मा २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ २४ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३० कम्पनीको मूल्य बढेको छ। बाँकी ८ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ट्रेडिङ र म्युचअल फन्ड बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङको परिसूचक ०.५ प्रतिशत र म्युचल फन्डको परिसूचक ०.२५ प्रतिशतले मात्रै बढेको हो।
बुधबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ५ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ८ करोड ४१ लाख ९४ हजार ६३९ रुपैयाँ २० पैसाको कारोबार भएको हो।
यसपछि, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८ करोड ४० लाख २३ हजार ३३६ रुपैयाँ ६० पैसा, अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख १९ हजार २२४ रुपैयाँ ४० पैसा, एनटिसीको ७ करोड ६० लाख ७६ हजार ९६८ रुपैयाँ ७० पैसा र अपि पावरको ६ करोड १० लाख ५१ हजार २१२ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।



