कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणका लागि सरकारले नयाँ आदेश जारी गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्कोे बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गरिने भएको छ।

राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।

यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताइएको छ ।

त्यस्तै, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।