साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेम १.६३ प्रतिशतले वृद्धि हुँदा करिब २७०० को बिन्दु नजिक पुगेको छ ।

बिहीबार सुरुवाती समयमा देखिएको उताचढाबकाबीच अन्तिममा नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ अंकमा बन्द भएको छ ।

गत बिहीबार २५२४.५० अंकमा बन्द भएको नेप्से यो साता समग्रमा १६७.९७ अंकको वृद्धि भएको हो ।

सातको सुरुवाती तीन दिनमै १५४.५ अंकको वृद्धिपछि हिजो बुधबार ३० अंकको गिरावट भएको नेप्सेमा आज पुन: वृद्धि भएको हो ।

नेप्सेसँगै व्यापार र उत्पादनमुलकबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।

आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.९५ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक ३.४८ प्रतिशत, हाइड्रोपावर उपसूचक २.४८ प्रतिशत र निर्जीवन बिमा उपसूचक २.०५ प्रतिशतले बढेको छ ।

यता व्यापार उपसूचकमा ०.६८ प्रतिशत र उत्पादनमुलक उपसूचकमा ०.०८ प्रतिशतको सामान्य गिरावट आएको छ ।

नेप्सेमा वृद्धि भएपनि बुधबारको भन्दा कारोबार रकम घटेको छ । बुधबार साढे ४ अर्ब माथिको करोबार भएको बजारमा आज ३ अर्ब ६७ करोड ६८ लाखको कारोबार भएको छ ।

अपी पावरको सर्वाधिक  १६ करोड ३७ लाखको कारोबार हुँदा एनआईसी एसिया बैंकको १४ करोड ५२ लाख र नेसनल माइक्रोफाइनान्सको १० करोडको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १९० कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ कम्पनीको घट्दा ३ कम्पनीका स्थिर रहेको छ ।

आज कारोबार भएकामध्ये नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।

यस्तै राष्ट्रिय बिमा कम्पनीको सेयरमूल्य ६.७४ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ६.५८ प्रतिशतले बढेको छ ।

विशाल बजार कम्पनीको सेयरमूल्यमा सवार्धिक २.१५ प्रतिशत गिरावट हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको १.७४ प्रतिशत र बोडर्लस नेपाल तराईको सेयरमूल्य १.५७ प्रतिशतले घटेको छ ।