बैंकहरूले बचतकर्तालाई दिने ब्याजदर बढाएका छन्।

बैंकहरूमा लगानीयोग्य रकमको चरम अभाव भएपछि निक्षेप जोगाउन र अरू थप पैसा आकर्षित गर्न ब्याजदर बढाएका हुन्।

कात्तिक १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा ११.१० प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन्।

एनआइसी बैंकले एक वर्षभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ११.१० प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ।

वाणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो।

अधिकांश बैंकले ब्याजदर बढाए पनि सनराइज र सानिमा बैंकले भने घटाएका छन्।

सनराइजले यसअघि १०.०७ प्रतिशत ब्याजदर घटाएर ९ प्रतिशतसम्म बनाएको छ।

प्रभु बैंकले भने आफ्नो ब्याजदर स्थिर राखेको छ।

हेर्नुस् अब व्यक्तिगत मुद्दतीमा बैंकहरूले दिने ब्याजदरः

बैंकले बढाए ब्याजदर, बचत र मुद्दती खातामा कुन बैंकले कति दिने ? (सूची)
बैंकले बढाए ब्याजदर, बचत र मुद्दती खातामा कुन बैंकले कति दिने ? (सूची)