टाटाको एनआरजी सार्वजनिक, कति छ मुल्य ?
नेपाली बजारमा टाटाको नयाँ ह्याचब्याक सार्वजनिक भएको छ। टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले मंगलबार नेपाली बजारको लागि ‘नयाँ फरएभर रेञ्ज’अन्तर्गतको एनआरजी सार्वजनिक गरेको हो।
उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी ह्याचब्याकमा एसयुभीको जस्तै ड्राईभिङ अनुभव गर्न चाहने युवा ग्राहकहरूतर्फ लक्षित छ।
‘अर्बन टफरोडर’को रुपमा प्रस्तुत गरिएको यो गाडीको बाहिरी बनावट आकार्षक र बलियो छ।
बजारमा यो गाडी फरेस्ट ग्रीन (हरियो) , फायर रेड (रातो), स्नो ह्वाइट (सेतो) र क्लाउडी ग्रे गरेर चार विभिन्न रंगमा उपलब्ध हुनेछ।
सुरक्षाको कुरा गर्दा गाडीले ग्लोबल एनक्यापमा चार स्टार सेफ्टी रेटिङ पाएको छ।
गाडीमा भएको पुस स्टार्ट बटन, रिअर पार्किङ्ग क्यामेरा र अटो फोल्ड ओआरभिएमजस्ता विशेषताले यसको आकर्षणमा नयाँ आयाम थपेको छ।
बलियो र स्पोर्टी बनावट भएको एनआरजीमा कच्ची सडकहरूमा सुरक्षित भइ सहजताका साथ यात्रा गर्न सकिन्छ।
१२०० सिसीको इन्जिन क्षमतासहित यो म्यानुअल र एटिएम दुवै ट्रान्समिसनमा उपलब्ध छ।
नयाँ एनआरजीले नेपालमा राम्रो बजार लिनेमा कम्पनी सकारात्मक छ। कम्पनीले नयाँ एनआरजीको सुरुवाती मूल्य ३३ लाख ९५ हजार तोकेको छ।



