प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पदीय दुरुपयोग गरी अनुचित लाभ लिने पदाधिकारीलाई कानुनानुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।