कम्पनीले चिनियाँ ब्राण्ड ‘सिटी स्प्रिट’का विद्युतीय ब्राण्ड नेपाल ल्याएको हो । जसको २ सिट र ४ सिट क्षमताका गाडी छन् ।

मोटरसाइकललाई वि’स्थापित गर्ने गरी काठमाडौमा निकै सस्तो मुल्यका गाडी भित्रिएका छन् ।

मोटरसाइकलकै मुल्यमा किन्न सकिने यि गाडी सिटीमा चलाउन निकै सजिलो लाग्न सक्छ ।

‘कार सानो छ । दुई वटा मोटरसाइकले ओगट्ने ठाउँमा कार अट्छ,’श्री इको भिजनरी प्रालिका अध्यक्ष उमेशराज श्रेष्ठले भने, ‘मोटरसाइकलको तुलनामा कार सुरक्षित हुन्छ ।’ मोटरसाइकलबाट कारमा सिफ्ट हुन चाहानेका लागि सिटी स्पिरिट राम्रो विकल्प हुने श्रेष्ठले बताएका छन् ।

श्री इकोभिजनरी प्रालिले नेपालमै सस्तो विद्युतीय गाडी भित्र्याएको दावी गरेको छ। ८० किलोमिटर प्रतिघण्टा गुड्ने यि गाडी एक पटक चार्ज गरेपछि १२० किलोमिटर गुड्न सक्ने कम्पनीले दावी गरेको छ ।

मोटर, कन्ट्रोलरमा २ वर्ष वारेन्टी हुनेछ। ग्रेडिबिलिटी २० प्रतिशत रहेको गाडीमा १५ किलोवाट अधिकतम पावर रहेको छ। इको भिजनरीले विभिन्न मोडलका कार आयात गरी बिक्री गर्दै आएको छ।

२ स्ट्यान्डर्ड कन्फिगरेसन लिड एसिड गाडीको मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ।

लिथियम आयन ब्याट्री भएको स्ट्यान्डर्ड कन्फिगरेसन गाडीको १७ लाख ८५ हजार रुपैयाँ मूल्य तोकिएको छ।

त्यस्तै फुल कन्फिग्रेसन लिड एसिड ब्याट्री भएको ४ सिटयुक्त गाडीको मूल्य १४ लाख ८५ हजार तोकिएको छ।

यता फुल कन्फिगरेसन लिथियम आयनको मूल्य १८ लाख ८५ हजार रुपैयाँ तोकिएको छ। अन्य जानकारीका लागि कम्पनीको वेवसाइटमा हेर्न सक्नुहुनेछ ।

काठमाडौंको बाफलस्थित इको भिजनरीको सोरुममा गएर यो गाडी अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न सकिन्छ ।

सहरी यात्रालाई सुरक्षित र वातावरणमैत्री बनाउन सिटी स्पिरिट इलेक्ट्रिक कार नेपाली बजारमा बिक्री वितरण शुरु गरिएको श्री इको भिजनरी प्रालिका अध्यक्ष उमेशराज श्रेष्ठ जनाएका छन् ।