सार्वजनिक यातायात चलाउन व्यवसायीले आफैं बनाए मापद’ण्ड
भोलिबाट संचालन हुने सार्वजनिक यातायातको कार्यविधी नभएपछि यातायात व्यवसायी तथा मजदु’र संगठनहरुले आफैं मापद’ण्ड बनाएर गाडी चलाउने भएका छन्।यातायात मजदुर तथा यात्रुको स्वास्थ्य जो’खिमलाई मध्यनजर गर्दै मापद’ण्ड बनाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
महासघं र तीनवटै मजदुर ट्रेड युनियनहरुले संयुक्त रुपमा मापद’ण्ड बनाएका हन्। मापद’ण्डअनुसार चालक, सह चालक, परिचालक, बुकिङ कर्मचारीले अनिवार्य मास्क, पन्जा, स्यानिटाइजर, फेसभाइजर लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने छ।
त्यस्तै ५० प्रतिशत धेरै भाडा लिएर सिट क्षमताको आधामात्र यात्रु राख्न पाइने छ। त्यसैगरी यात्रुले यात्रा अवधीभर मास्क खोल्न पाउने छैनन् भने गाडी चढ्दा, ओर्लदा र खाना खाने स्थानमा भिड गर्न पाइने छैन।
त्यस्तै गाडी चढ्नुअघि यात्रुलाई अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ। सरकारको यो निर्णयले यातायात व्यवसायी मजदुर र यात्रु सबैलाई राहत मिलेको सिटौलाले बताए। ‘हामी भोलि विश्वकर्मा पुजा गरेर गाडी चलाउन सुरु गर्छौ। सरकारको पछिल्लो निणर्यले सार्वजनिक यातायातमा आश्रित १० लाख जनालाई राहत मिलेको छ,’ उनले भने।



