राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुले विपक्षमा मतदान गर्ने बताएका छन् ।
उनले सबै ठूला दल एकठाउँमा उभिँदा आफूहरुलाई डर लागेको बताए ।
“यहाँ पूर्वप्रधानमन्त्रीको कुरा सुन्दा अचम्म लाग्यो, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ भन्ने कुरा पनि उठे,” उनले भने, “अझै पनि हेक्का भएन है ? विघटन गरेर चुनावमा जाँदा राज्यको कति खर्च भयो ? उमेदवारको कति भयो ? पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ । सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न पनि सबै एकठाउँमा जम्मा भएको हो कि भन्ने डर लाग्यो मलाई ।”
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
