सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह
मुन्धुमस्टार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
आज दिँउसो नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रचण्डले अध्यक्ष नेपालसँग आफूलाई विश्वास मत दिन आग्रह गरेका हुन् ।
“सम्माननीय प्रधानमन्त्रीज्युले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र)को दल कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ,” प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा लेखेका छन् ।
भेटअघि पार्टीबाट निर्वाचित भएका सांसदलाई बधाई दिँदै नेपालले विश्वासको मतबारे २६ गतेसम्म सस्पेन्स राखिने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिँदै छन् ।



