नेकपा एसको पोलिटब्युरो बैठक सम्पन्न, बामपंथि धारका दलहरुसंङ्ग एकता गरेर जाने निर्णयः सरकारको बारेमा भने अझै धारणा बनेन
मुन्धुमस्टार डटकम — नेकपा एकीकृत समाजवादीले वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ । पोलिटब्युरोको दुई दिन चलेको बैठकले एकता, सहकार्य, मोर्चा बनउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउन आवश्यक गृहकार्य गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ ।
वामपन्थीहरुबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरुको पक्षमा काम गर्ने केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्नका लागि अनुमति प्रदान गरेको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्ने छ ।
सरकारको बारेमा पनि थप अध्ययन गर्न आवश्यक भएको भन्दै यस विषयमा पनि आवश्यक अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दीएको प्रबक्ता खतिवडाले जानकारी दिए ।
सरकारको बारेमा बृहत छलफल गरेका छौं । यसको विषयमा थप अध्ययन, छलफल र विचार विमर्श गर्नुपर्ने र यसले देश र जनतामा के कस्तो कार्यक्रम ल्याउछ र हाम्रो दलसँग उसको के कस्तो सम्बन्ध हुन्छ साथै नागरिक सम्बन्धको विषयमा कस्ता नीति ल्याउँछ भन्ने चासो छ,खतिवडाले भने धेरै कुरा बुझ्नुपर्ने भएकाले पोलिटब्युरोले यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकारमा समसामयीक राजनीतिक अवस्थाको बारेमा सदस्यहरुले धारणा राखेका थिए।



