अमेरिका, स्वीजरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी
सरकारले अमेरिका, स्वीजरल्यान्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले यसका लागि अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा हवाई उडान सेवा सम्झौताको प्रक्रियालाई अघि बढाएको पनि स्पष्ट पारे ।
बाह्य पर्यटकको संख्या नेपालमा बढदै गएकाले पनि ती देशमा सिधा हवाई उडानको आवश्यक्ता रहेकाले सरकारले सो कामलाई प्राथमिकताका साथ अघि बढाएको सचिव अधिकारीको भनाइ छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुर्गम क्षेत्रहरूमा उडान भर्ने वायु सेवा कम्पनीहरुलाई आर्थिक राहत पुर्याउन अतिरिक्त समय संचालन शुल्क खारेज गर्ने निर्णय गरिएको बताए । उनले दुर्गम क्षेत्र हवाई कोष संचालन कार्यविधिको मस्यौदा तर्जुमा गरी त्यहाँ उडान भर्ने वायु सेवा कम्पनीहरुको उडान घाटा परिपूर्ति गर्ने कामलाई अघि बढाइको बताए ।
प्राधिकरणले नेपालगंज विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा महंगो भाडा तिरी चार्टर उडान गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउँदै आएको छ ।



