बालुवाटारमा सत्ता बाँडफाड टुंङ्गो लगाउन सत्ता साझेदार दलहरु बिचकोको बैठक सुरु
मुन्धुमस्टार डटकम — प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी रहेका छन ।
बैठकमा सरकारको कामकारबाही तथा मन्त्रालय भागबण्डाबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ ।
सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्ने जनाउ दिएका छन् । तीन स्वतन्त्र सांसदले पनि एक-एक मन्त्रालय लिने बताएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।



