मुन्धुमस्टार डटकम — पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटघाट भएको छ।
अहिले साँझ एस पार्टीका नेता सोमप्रसाद पाण्डेको घरमा उनीहरूबिच भेटघाट भएको स्रोतले जनाएको छ। यसअघि अध्यक्ष नेपालसँग वामदेव गौतमले भेटघाट गरेका थिए। गौतमले भेटघाट गरेको केही समयमै अर्थमन्त्री पौडेलले भेटघाट गरेका हुन्।
एमाले र माओवादीभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरुको संयोजनमा पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका छन्।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
